युवालाई पशुपालनमा आकर्षित गर्न रु बत्तीस लाख अनुदान
आइतबार, २० मङ्सिर २०७२, ०९ : ५७
इलाम– युवालाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले चालु आवमा गाईभैँसी, बङ्गुर, बाख्रा र कुखुरपालनका लागि रु ३२ लाखभन्दा बढी रकम अनुदान दिने भएको छ ।
फार्म स्थापना, गोठ सुदृढीकरण, बजार स्थापना तथा उपकरणमा अनुदान दिने भएको हो । तीनवटा साना गाईफार्मका लागि रु दुई लाखका दरले रु छ लाख र १८ वटाभन्दा बढी गाईपालन गरिरहेका ठूला गोठलाई गोठ सुदृढीकरणका लागि रु तीन लाख अनुदान दिइने वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताए ।
युवालक्षित पशु विकास कार्यक्रमअन्तर्गत तीनवटा बङ्गुर फार्मका लागि रु तीन लाख अनुदान दिइने पशुसेवा कार्यालयले जनाएको छ । दुईवटा बाख्रा फार्मका लागि रु चार÷चार लाखका दरले अनुदान दिइनेछ । यसका लागि न्यूनतम २० वटाभन्दा बढी बाख्रापालन गरिरहेको हुनुपर्नेछ ।
विदेशबाट फर्केका र शिक्षित बेरोजगार युवालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै लैजान कार्यालयले अनुदानको व्यवस्था गरेको हो ।
मासु पसल र डेरी सञ्चालनका लागि दुई÷दुई जनालाई जनही रु दुई लाखका दरले अनुदान दिइने बताइएको छ ।
पशुको आहारा बनाउन आवश्यक पर्ने च्यापकटर मेसिन खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था रहेको कार्यालयले जनाएको छ । ६३ वटा च्यापकटर पशुसेवा केन्द्रमार्फत र एक सयवटा कार्यालयमार्फत वितरण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण