नयाँ सरकारलाई शक्ति हस्तान्तरण हुन्छ : राष्ट्रपति सेन
आइतबार, २० मङ्सिर २०७२, १० : ११
याङ्गोन–म्यानमारका राष्ट्रपति उ थाँ सेनले अर्को सरकारलाई सहजै र सफलतापूर्वक रुपमा नै शक्ति हस्तान्तरण गरिने वाचा गरेका छन् ।
उनले देशवासीलाई शनिबार दिएको एक औपचारिक सन्देशमा सो धारणा राखेको जनाइएको छ ।
उनले आफूले नयाँ सरकारको निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी दिनमा जतिसक्दो चाडै यसले पूर्णता पनि पाउने धारणा राखे ।
उनले सबै सरकारले प्रजातान्त्रिक प्रक्रियाबाटै नयाँ सरकारको निर्माण र यसमार्फत शक्ति हस्तान्तरणको कार्यका बारेमा आफूले सोचिरहेको जानकारी दिएको जनाइएको छ ।
राष्ट्रपति सेनले सबे देशवासीलाई देशमा शान्ति स्थापनाका लागि एक हुन आग्रह पनि गरे । देशवासीका नाममा दिनुभएको उक्त सन्देशमा उनले भने– शान्ति पनि हाम्रो पहिलो प्राथमिकता नै हो सवैले सघाउनुपर्दछ ।
देशमा शान्तिप्रक्रियाको सुरुवात भएको छ र यसका लागि शान्ति समितिको गठन गरी कामअघि बढाइएको तथा यसका लागि वार्ताको आचारसंहिताको पनि तयार भइसकेको जानकारी उनले दिए ।
म्यानमारमा आमनिर्वाचन भएको करिब एक महिनापछि म्यानमारका राष्ट्रपतिले शक्ति हतान्तरणसम्बन्धी यो वाचा गरेका छन् । साथै उनले केही दिनअघिमात्र पनि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग भेटवार्ता पनि गरेको बताइएको छ ।
गत नोभेम्बर ८ मा म्यानमारमा सम्पन्न आमनिर्वाचनमा सुकीको पार्टीले झण्डै दुई तिहाई बहुमत नै प्राप्त गरेको थियो । सो निर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसिले करिब ८० प्रतिशत सिटमा विजय हासिल गरेको थियो ।
थाँ सेन हाल म्यानमारको सेनाद्वारा सहयोग गरिएको सरकारका राष्ट्रपति छन् । यस निर्वाचनको परिणामबाट म्यानमारमा दशकौँ लामो समयदेखि प्रभुत्व जमाउँदै आएका सैनिक शासकहरुको अन्त्य हुने अनुमान गरिएको छ ।
तर पनि विगतमा पनि यसैगरी नेत्री सुकीको दलले दुई तिहाइ बहुमत ल्याउँदा पनि उनको दललाई सरकार निर्माण गर्न दिएका थिएनन् ।
सैनिक शासकहरुले विगतको आमनिर्वाचनपछि प्रजातान्त्रिक दललाई धोखा दिने गरेकाले सुकीको दल भने चिन्तित रहेको बताइएको छ । साथै नागरिकमा पनि सुकीको दलले नयाँ सरकार गठन गर्न पाउने वा नपाउने भन्ने बारेमा चिन्ता छाएको पाइएको छ ।
सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुदाँ पनि षड्यन्त्रपूर्वक सुकीको दल नेसनल लिग फर डेमोक्रेसिलाई भने सत्तामा साझेदार हुन वञ्चित गराइयो थियो ।
सरकार गठन गर्ने बेलामा उनी २५ वर्षअघि सैनिकको थुनामा बस्नुपरेको थियो । उनले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा बिताउनु परेको थियो ।
सैनिक शासकहरुले लेखेको सविधानमा सुकीलाई राष्ट्रपति पदको लागि अवरुद्ध गरिएको छ । उनी अब बन्ने सरकारबाट पनि म्यानमारको राष्ट्रपति निर्वाचित हुन पाउँदैनन् ।
तर उनी र उनको पार्टीको शानदार विजयपछि म्यानमारको शक्तिशाली सेनाका प्रमुख अर्थात राष्ट्रपति थाँ सेनसँग सुकीले वार्ता सुरु गरेका थिए ।
राष्ट्रपति सेन र सुकीबीच गतहप्ता मात्र वार्ता भएको राष्ट्रपति कार्यालयले एएफपी समाचार समितिलाई बताएको थियो । त्यस वार्तापछि शनिबार मात्र राष्ट्रपतिका तर्फबाट यो प्रतिबद्धता आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण