उदयपुरमा डेढ हजार रोपनीमा लगाइएको गाँजा खेती नष्ट
आइतबार, २० मङ्सिर २०७२, १० : १३
उदयपुर– उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका विभिन्न स्थानमा लगाएको अवैध गाँजाखेती फँडानी गर्ने क्रममा प्रहरी टोलीले पहिलो चरणको गाँजा फँडानी अभियान सम्पन्न गरेको छ ।
मङ्सिर ४ देखि १८ गतेसम्म गरी १५ दिनको पहिलो चरणको गाँजा फँडानी अभियानमा प्रहरीले करिब एक हजार ४६१ रोपनी क्षेत्रमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।
जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, लिम्पाटार, सिरिसे, इनामे तथा ठानागाउँ क्षेत्रमा प्रहरीले १५ दिने अभियानमा करिब एक हजार ४६१ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताए ।
गत वर्ष पनि प्रहरीले सम्बन्धित स्थानमा दुई चरणको अभियानमा झन्डै तीन हजार रोपनी क्षेत्रफलमा लगाएको अवैध गाँजखेती नष्ट गरेको थियो ।
पहिलो चरणको गाँजा फँडानीको अभियानमा नेपाल प्रहरीका २५ जना र सशस्त्र प्रहरीका ३० जनासहित ५५ जना प्रहरी टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण