बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बाह्य शक्तिको प्रभावले मुलुक कमजोर : नेत्री कोइराला

आइतबार, २० मङ्सिर २०७२, १० : १६
आइतबार, २० मङ्सिर २०७२
भीमदत्तनगर– नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाह्य शक्तिको प्रभावका कारण मुलुक कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेकी नेत्री कोइरालाले नेपाल प्रेस युनियन महाकाली अञ्चल समितिले कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको धारणा राखे । उनले दिल्ली दौडमा रहेका मधेसी मोर्चाका नेताहरुलाई समस्या समाधानका लागि स्वदेशमै वार्ता र संवादमा आउन आग्रह गरे । उनले अहिलेकै अवस्थामा काँग्रेस चल्न नसक्ने भन्दै पार्टी समयअनुसार परिवर्तन गर्दै नयाँ शिराबाट लैजानुपर्ने विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप