बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

आइतबार, २० मङ्सिर २०७२, १० : ३९
आइतबार, २० मङ्सिर २०७२
लहान–धारिलो हतियार प्रहार गरी गएराति सिरहाको मिर्चैयामा एक महिलाको हत्या भएको छ । मिर्चेया नगरपालिका– १ निवासी ४० वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात् फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । स्थानीयवासीले घर नजिकैको रहर बारीमा मण्डलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या किन र कसले गरेको भन्ने बारेमा हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ । मोटरसाइकलमा आगजनी गर्ने एकजना पक्राउ सर्वसाधारणको मोटरसाइकलमा आगजनी गरेको आरोपमा शनिबार साँझ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ निवासी २६ वर्षीय अजयकुमार यादव रहेका छन् । सिरहाको इटहरवा–५ स्थित लहान–ठाडी भित्री सडकखण्डमा गत शुक्रबार यादवसहितको तीन÷चारजनाको समूहले सप्तरीको हरिपुर–१ निवासी ३० वर्षीय श्रीराम साहको ज६प ५६८९ नंको मोटरसाइकलमा आगजनी गरेका थिए । ग्यास सिलिन्डर लोड गरी ल्याउँदै गरेको अवस्थामा कालोबजारी गरेको भन्दै आगजनी गर्दा मोटरसाइकल पूर्णरूपमा जलेर क्षति भएको थियो । फरार अन्य व्यक्तिको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप