बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधि हस्तान्तरण

आइतबार, २० मङ्सिर २०७२, १० : ४८
आइतबार, २० मङ्सिर २०७२
भक्तपुर–जिल्लाका स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएपछि मानवीय आस्था नेपालले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरलाई रु पाँच लाख ५० हजार बराबरको औषधि हस्तान्तरण गरेको छ । आज बिहान कटुन्जेस्थित कार्यालयमा मानवीय आस्थाका अध्यक्ष श्रीकुमार रञ्जित र कोषाध्यक्ष शिवराम अवालले कार्यालयलाई औषधि हस्तान्तरण गरे । भारतीय नाकाबन्दीका कारण औषधि आयात हुन नसक्दा स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएपछि मानवीय आस्था नेपालले सङ्कलन गरेको औषधि आज वितरण गरिएको संस्थाका उपाध्यक्ष रामप्रसाद मानन्धरले जानकारी दिए । संस्थाले कार्यालयलाई एन्टिबाइटिक, पेनकिलर, सिटामोल, इन्जेक्सन लगायत अत्यावश्यक ३८ थरि औषधि र अन्य सामग्री प्रदान गरेको हो । जिल्लामा जटिल रोगदेखि झाडापखालासम्मको औषधि सकिई जिल्ला जनस्वाथ्य कार्यालय भक्तपुरको औषधि भण्डारण कक्षा रित्तिएको छ । कार्यालयको भण्डार शाखाका प्रमुख यादवप्रसाद मिश्रका अनुसार कार्यालयले जिल्लाका १९ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन नगर जनस्वास्थ्य केन्द्रलाई औषधि वितरण गर्दै आएकामा औषधिको अभाव भएपछि वितरण गर्न सकिएको छैन । ती स्वास्थ्य केन्द्रबाट प्रतिमहिना विभिन्न रोगको करिब ४० देखि ५० हजार ट्याबलेट औषधि माग हुने गरेकामा अहिले प्रतिमहिना मुस्किलले छ हजार ट्याबलेट औषधि मात्र वितरण गर्न सकिएको छ । आज प्राप्त औषधि तत्कालै जिल्लाका विभिन्न स्वाथ्य चौकीलाई वितरण गरिने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप