एमालेको राष्ट्रिय भेलाको तयारी पूरा
आइतबार, २० मङ्सिर २०७२, १० : ५६
चितवन– नेकपा (एमाले) ले तराईमा भइरहेको आन्दोलन र वर्तमान समसामयिक विषयमा पार्टीको धारणा तय गर्न सोमबारदेखि चितवनको सौराहामा गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ ।
व्यवस्थापनको जिम्मेवारी लिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अहिलेको परिवेशमा यहाँ हुन लागेको भेला राष्ट्रिय महत्वको भएको र सबै तयारी पूरा भइसकेको जानकारी दिए । सोमबार बिहान ११ बजे भेलाको उद्घाटन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
आजदेखि नै केन्द्रीय नेता र सहभागी चितवन आउने क्रम सुरु भएको छ । पार्टीका नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत केन्द्रीय नेताहरु आज नै चितवन आउने अध्यक्ष थपलियाले बताए ।
भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ ।
भेलाले हाल तराईमा देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएका समस्या, सङ्घीयताको विवाद लगायत विषयमा छलफल गरी ठोस धारणा बनाउने वैकल्पिक केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले बताउनुभयो । भेलापछि सौराहा घोषणापत्र जारी गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण