बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केरुङ मार्गमा नक्कली चालक पक्राउ

आइतबार, २० मङ्सिर २०७२, ११ : ३५
आइतबार, २० मङ्सिर २०७२
रसुवा–नेपाल–चीनबीचको रसुवागढीबाट समान आयात गर्ने कन्टेनरका सवारी चालक नक्कली फेला पर्न थालेपछि प्रहरीले जाँच गर्ने कार्यलाई थप कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार जाँचका क्रममा जिल्ला धैवुङ गाविस वडा नं २ का २० वर्षीय वीरबहादुर तामाङ र रसुवा जिल्ला हाकु गाविस वडा नं ३ का २० वर्षीय रमेश कामी नक्कली चालक फेला परेका हुन् । तामाङले यातायात व्यवस्था विभाग वाग्मतीबाट ललितपुर र कामीले गण्डकीबाट कास्कीको नक्कली इजाजतपत्र बनाएको पाइएकाले कानुनी कारबाहीका लागि बरामद गरिएको इजाजतपत्र समेत निजहरुलाई सम्बन्धित जिल्लामा पठाइएको प्रनाउ विष्टले बताए । केरुङबाट चिनियाँ सामान ल्याउन रसुवागढी क्षेत्रमा तीन सयभन्दा बढी सवारी साधन केन्द्रित रहेका कारण अवैध कारोबार नियन्त्रण, नक्कली सवारी चालकको पहिचान, ट्राफिक व्यवस्थापन जस्ता कार्य गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना क्रियाशील छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप