बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

काग बोलाएर यसरी घेरियो भारतीय दूतावास (फोटो/भिडियोसहित)

आइतबार, २० मङ्सिर २०७२, १२ : २१
आइतबार, २० मङ्सिर २०७२
काठमाडौं – भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा आइतबार बिहानै कागै–कागले भारतीय दुतावास घेरेका छन् । तीन महिना भन्दा बढि हुँदासम्म पनि भारतले नेपालमाथि ज्यादती देखाएको भन्दै राष्ट्रिय संगीतकर्मी संघको आयोनामा बृहत काग सम्मेलन कार्यक्रम गरेर दुतावास घेराउ गरिएको हो । १७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकालेर काग बोलाएका थिए तब सयौंको संख्यामा कागहरु भरिएका थिए । पहिलो आवाजमा कागलाई भारतले गरेको नाकाबन्दीको बारेमा सुचना दिएको र पछि भारतीय दूतावास घेर्न बोलाएको आवाज निकालेपछि काग जम्मा भएको कलाकार दुलालले बताए । भारतसामु नेपाली जनताले घुँडा कहिल्यै टेक्दैनन्, अब कागले पनि भारतसामु घुँडा नटेक्ने सन्देश दिन खोजेका हौं, दुलाले भने । यमराजको प्रतिक मानिने काग यमलोकको खबर यमराजमार्फत पठाए जस्तै कागमार्फत पनि भारतसमक्ष नझुक्ने सन्देश पठाइएको उनले बताए । https://www.youtube.com/watch?v=d7i52M5-G34 दूतावास घेराउ कार्यक्रममा विभिन्न कलाकारदेखि विभिन्न संस्थाका महिलाहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित लोक तथा दोहोरी गायक प्रकाश कटुवालले पनि नेपाली जनता भारतसामु कहिल्यै नझुक्ने प्रतिज्ञा जनाएका थिए । साथै कलाकार नवराज घोरासैनी, राजेन्द्र कार्कीलगायतले पनि नाकाबन्दीको बिरुद्धमा यसरी नै सम्पुर्ण नेपाली जनताले आवाज उठाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा उपस्थित विभिन्न महिलाहरुले पनि कागमार्फत सन्देश पुग्ने भन्दै सो कामको प्रसंशा समेत गरेका थिए । (फोटो/भिडियो सौजन्य:गोपिकृष्ण चापागाई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप