कुनैपनि आतङ्कवादसँग अमेरिकीहरु डराउदैनन् : राष्ट्रपति ओबामा
आइतबार, २० मङ्सिर २०७२, १५ : ०७
वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिक कुनैपनि आतङ्कवादीहरुको धम्कीदेखि नडराउने बताएका छन् ।
उनको नियमित रेडियो सम्बोधनका क्रममा आइतबार भने– हामी अमेरिकी नागरिकहरु जस्तोसुकै आतङ्कवादीहरुको धम्कीबाट आतङ्कित हुदैनौ ।
गत हप्तामात्र अमेरिकाको क्यालिफोर्नियामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो । त्यसमा अरु १५ जना नराम्ररी घाइते भएका थिए ।
सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गरेका हुन् । उनले त्यस घटनामा आतङ्कवादीहरुको सम्लग्नताको कुरा उठाइएकोप्रति गम्भीर रुपमा चासो व्यक्त गरेका थिए ।
उनले भने– त्यस हत्याकाण्डमा आतङ्कवादीको सम्लग्नताको कुरा उठाएर कुनै एक आतङ्कवादी समूहले त्यसको प्रशंसा गरेको थियो तर त्यसले हामीलाई आतङ्कवादी हमला हुने भनी आतङ्कित पार्न सक्दैन ।
उनले इस्लामिक स्टेट, आइएसको नामै नलिई सो धारणा राखेका हुन् । आइएसले सो हमलामा आफ्नो हात रहेको दाबी सीधै नगरेपनि त्यस हमलामा सम्लग्न महिलाको प्रसंशा गरेको थियो ।
त्यसमा उनीहरुको सम्लग्नता नरहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उक्त हमला नितान्त पारिवारिक रहेको भनी टिप्पणी गरिएको छ ।
यदि सो हमला आतङ्कवादीले नै गरेको हो भने सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको अल कायदाको हमलापछिको पहिलो यस्तो आतङ्ककारी हमला भएको बताइएको छ ।
साथै राष्ट्रपति ओबामाले आइतबारै अबेरतिर देशवासीका नाममा सम्बोधन गर्नेछन् ।उनले हालैका दिनमा फ्रान्सको पेरिसमा भएको हमलापछिको अवस्थालाई अमेरिकाले कसरी लिएको छ भन्ने बारेमा स्पष्ट गर्ने छन् ।
ह्वाइटहाउसका अधिकारीहरुले राष्ट्रपति ओबामाले युरोपमा एक किसीमको त्रास नै मच्चिइरहेको पछिल्लो आतङ्कवादी हमलाको विषयमा अमेरिकी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बारेमा सम्बोधन गर्ने बताइएको छ ।
अमेरिकामा पनि आतङ्कवादी हमलाका विभिन्न हल्ला चलेका छन् । तर त्यहाँको गुप्तचर निकायले यस्तो सम्भावना नरहेको बताउदै आएको छ ।
पेरिस हमलापछि युरोप र अमेरिकामा पनि असुरक्षाको हल्ला चलिरहेकोले त्यसका विरुद्धमा अमेरिकाले कसरी तयारी गरिरहेको छ भन्ने बारेको जानकारी पनि उनको सम्बोधनमा आउने अधिकारीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण