लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा थपलिया
आइतबार, २० मङ्सिर २०७२, १५ : २२
काठमाडौँ– नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा रामशरण थपलिया निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाले थपलियाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा नवीन त्रिताल र कुमार अधिकारी, महासचिवमा सोनामजी शेर्पा, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा धनप्रसाद गुरुङ र सहकोषाध्यक्षमा अम्बिका भट्टराई चुनिएका छन् ।
यस्तै, सदस्यमा नकुल देवकोटा, छेटुप तामाङ, कुमार लामा, सुरेन्द्रबहादुर कार्की, भरतराज पुरी, एलपी शेर्पा, अशोक केसी, शङ्कर भट्ट, टीका भण्डारी र सङ्गम शेर्पा रहेका छन् । हालको कार्यसमितिलाई विस्तार गरी २५ सदस्यीय बनाइने सङ्घले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष थपलियाले मुलुकको पर्यटन प्रवद्र्धनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न अभियान सुरु गरिने बताए । थपलिया ठमेल पर्यटन विकास परिषद्का अध्यक्षसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण