दोषी प्रहरीमाथि कारबाहीलगायत प्लेकार्ड बोकेर स्वास्थ्यकर्मीद्वारा प्रदर्शन
आइतबार, २० मङ्सिर २०७२, १६ : ०९
विराटनगर– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीको समर्थनमा आज मोरङका आठ स्वास्थ्यकर्मीको संस्थाले विराटनगरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।
विराटनगरस्थित कोसी अञ्चल अस्पताल चोकबाट स्वास्थ्यकर्मी तथा प्राविधिक निस्केको पदयात्राले दोषी प्रहरीमाथि कारबाहीलगायत प्लेकार्ड बोकेर विराटनगरको ट्राफिक चोक, महेन्द्रचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपसमेत बुझाएका छन् ।
प्रधानमन्त्री कार्यालयका लागि बुझाइएको सो ज्ञापनपत्रमा स्वाथ्यकर्मीमाथि प्रहरीको दमनको क्रममा घाइते स्वास्थ्यकर्मीको उपचारको व्यवस्था र दोषी प्रहरीमाथि कारबाहीको माग गरिएको छ ।
यही मङ्सिर ६ गते राजविराजस्थित सो अस्पतालको परिसरमा प्रहरीले गरेको ज्यादतीका विरुद्ध त्यहाँका स्वास्थ्यकर्मी आन्दोलित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण