मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि नेपाल–भारतबीच छलफल
आइतबार, २० मङ्सिर २०७२, १६ : ३२
भीमदत्तनगर– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नेपाल र भारतका वन अधिकारीबीच भारतको उत्तराञ्चलको पिठौरागढमा छलफल भएको छ ।
कैलाश पवित्र भूपरिधि कार्यक्रमअन्तर्गत नेपाल–भारत वन मन्त्रालय, वन विभाग, संरक्षण विभाग क्षेत्रीय तथा जिल्ला वन अधिकारीबीच वन्यजन्तु संरक्षण तथा वन्यजन्तुबाट मानिसलाई हुने हानिनोक्सानी न्यूनीकरणका विषयमा गत बिहीबारदेखि शनिबारसम्म तीन दिन छलफल भएको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका प्रमुख रमेश चन्दले जानकारी दिए ।
छलफलमा दुवै देशका वन अधिकारी आवश्यक समन्वयका लागि सहमत भएको उनले बताए । “कैलाश पर्वतीय क्षेत्रको बृहत्तर विकास एवम् संरक्षण, विस्तारलगायत समग्र विषयमा पनि छलफल भएको थियो”– वन निर्देशनालयका क्षेत्रीय निर्देशक चन्दले भने, “यसबाट दुवै देशलाई मानव–वन्यजन्तु द्वन्द्व घटाउन टेवा पुग्ने छ ।”
उनले कैलाश पवित्र भूपरिधि कार्यक्रम सुदूरपश्चिमको दार्चुला, बझाङ, बैतडी र मध्यपश्चिमको हुम्लामा मात्रै लागू भएको जानकारीसमेत दिए ।
छलफलमा नेपालका तर्फबाट वन तथा भूसंरक्षण मन्त्रालय, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय, दार्चुला र बैतडीका जिल्ला वन तथा भन्सार कार्यालयका प्रमुखलगायत सम्बन्धित अन्य निकायको सहभागिता थियो ।
त्यस्तै भारतीय पक्षबाट वन्यजन्तु विशेषज्ञ, वन विभागका अधिकारी तथा वन्यजन्तु क्षेत्रमा काम गर्ने प्रमुखको सहभागिता रहेको क्षेत्रीय वन निर्देशक चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण