जन्ती जान लागेको दुईवटा भारतीय गाडीलाई नेपाल आउन दिइएन
सोमबार, २१ मङ्सिर २०७२, १५ : २७
गौशाला– प्रहरीले महोत्तरीको प्रमुख सीमानाका भिट्ठामोडमा जन्तीका दुईवटा गाडीलाई आज नेपाल आउन दिएनन् ।
भिट्ठामोडमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको सीतामढीबाट नेपालको धनुषा जिल्लाको देपुरा रुपैठामा जन्ती जान लागेको दुईवटा भारतीय गाडीलाई नेपाल प्रवेश गर्न नदिएका हुन् ।
अनिश्चितकालीन मधेस बन्द र सीमानाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ती दुबै गाडीमा शुभविवाहको तुल देखेपछि नेपाल आउन दिएपनि प्रहरीले रोकेका हुन् ।
सीमानाकामा खटिएका एक प्रहरीले मधेसी मोर्चाबाट विरोध भइरहेका बेला कसैले गाडीमा तोडफोड, आगजनी वा क्षति गरिदिए आफूहरुको कर्तव्यपालनामाथि र जिल्लाकै साखमाथि नराम्रो असर पर्ने देखेर जिल्ला कमान्डको आदेशानुसार भारतीय गाडी प्रवेशमा रोक लगाएको जानकारी दिए ।
नेपाल प्रवेश गर्न नदिएपछि भारतीय जन्ती बोकेका दुबै गाडी फिर्ता गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण