बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘चकलेट’ नचलेपछि फेसबुक नै नचलाउने नायिका पुजना प्रधानको घुर्की

सोमबार, २१ मङ्सिर २०७२, १६ : ०५
सोमबार, २१ मङ्सिर २०७२
काठमाडौं–मंसिर १९ अर्थात गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘चकलेट’ नचलेपछि नायिका पुजना प्रधानले फेसबुकमार्फत एक स्ट्याटस राख्दै दुखेसो पोखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो चलचित्र नचलेको भनेर स्वीकार पनि गरेकी छन् । निर्मल शर्माद्वारा निर्देशित फिल्म चलचित्र ‘चकलेट’ नचलेपछि नायिका प्रधानले फेसबुकमार्फत नेपालीलाई राम्रो कथा भएको फिल्म मन नपर्ने र हावाको फिल्म मन पर्ने भन्दै अब आइन्दा आफु फेसबुक पनि नचलाउने भन्दै घुर्की पोखेकी छन् । ‘मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाएँ तर तपाईंहरुको साथ पाईंन् । धन्यवाद यो नै मेरो फेसबुकमा अन्तिम स्ट्याटस हो । आजबाट म फेसबुक चलाउदिन ।’ भन्दै दुखेसो पोखेकी हुन् । दरबारमार्ग क्षेत्रमा देखिने १० जना सडक बालबालिकाको वास्तविक कथामा आधारित चलचित्र ‘चकलेट’ ले कमाएको सबै पैसा अनाथ बालबालिकालाई नै खर्च गर्ने योजना समेत बनाएको थियो ।  
तपाई हरुले हेरिदिनु भएन त्यसैले चकलेट फिल्म चलेन।। नेपाली लाई राम्रो कथा राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनप... Posted by Poozana Pradhan on Sunday, 6 December 2015

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप