गाँजा र कोरेक्ससहित तीन पक्राउ
बिहीबार, २४ मङ्सिर २०७२, ११ : ०६
सप्तरी– सप्तरीको पसेरा गाविस–५ स्थित रामकृष्ण चौधरीको घरमा लुकाई राखिएको लागुऔषध कोरेक्ससहित तीनजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबनाबाट गएको प्रहरी टोलीले चौधरीको घरमा दुईवटा झोलामा लुकाई राखिएका १९८ थान लागुऔषध कोरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।
प्रहरीले कोरेक्स ओसारपसारमा संलग्न रहेका ससेरा गाविस–५ का रामकृष्ण चौधरी, रामप्रसाद चौधरी र हरिदेव सदालाई पक्राउ गरेको छ ।
यस्तै, सप्तरी र सिरहाको बीचमा पर्ने बलान खोलाबाट सप्तरी प्रहरीले गाँजा बरामद गरेको छ ।
करिब छजनाको समूहमा रहेको गाँजा तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा टिकुलिया गाविस–८ बलान खोलाबाट गाँजा बरामद गरिएको हो । बरामद गाँजाको परिमाण खुलाइएको छैन । तस्करहरु भने भाग्न सफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण