बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान कार्यान्वयन हुन नसके मुलुक विदेशीको क्रिडास्थल : महामन्त्री सिटौला

बिहीबार, २४ मङ्सिर २०७२, १५ : ३६
बिहीबार, २४ मङ्सिर २०७२
भक्तपुर–नेपाली कांग्रेका महामन्त्री कृष्ण प्रसाद सिटौलाले समयमा नै संविधानको कार्यान्वयन हुन नसके मुलुक विदेशीको क्रिडास्थल हुने बताएका छन् । नेपाल प्रेस युनियन भक्तपुरले बिहिबार आयोजना गरेको अन्र्तरक्रियामा बोल्दै सिटौलाले भने, ‘नेपाललाई सफल राष्ट्र बनाउन राष्ट्रिय एकता र मेलमिलाप अहिलेको आवश्यकता हो’ । संविधानसभामा ९० प्रतिशतले पारित गरेको र सबै नेपाली जनतनाले साथ दिए पनि ११ जना सभासदहरुले संविधान कार्यान्वयनमा साथ नदिएकाले अहिले जनताले दुख पाएको सिटौलाको भनाई छ । कार्यक्रममा बोल्दै उनले भने, ‘केही चुनौतीको सामना गर्दै नयाँ संविधान नेपालमा लागू भएपछि नेपाल केही वर्षमा संम्वृद्ध मुलुक हुनेछ’ । दक्षिण एशियामा सबै भन्दा समावेशी संविधान बनेको भन्दै उनले महिला, दलित, पिछडा वर्गलगायत सबैको प्रतिनिधीत्व सुनिश्चत गर्ने यस्तो सविधान युरोप रअमेरीकामा समेत नबनेको सिटौलाको दाबी छ । महामन्त्री सिटौलाले भने, ‘राष्ट्रिय एकता विना संविधान कार्यान्वयन हुन सक्दैन, संविधान कार्यान्वयन हुन नसके नेपालले केही गर्न सक्दैन, त्यसका लागि पनि राष्ट्रिय एकता र मेलमिलाप आजको आवश्यकता हो ।’ ‘छिमेकी मुलुक भारतमा समेत २ सय भन्दा धेरै पटक संविधान संशोधन भएकाले नेपालमा समेत समय अनुसार परिमार्जन गर्न सकिने भएकाले बिना कारण आन्दोलन गर्नुको औचित्य छैन’ सिटौलाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप