भारतीय राजदूतावास अगाडि तीन दर्जन मानव अधिकारकर्मी पक्राउ
बिहीबार, २४ मङ्सिर २०७२, ०० : ४६
काठमाडौँ– भारतको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने माग राख्दै भारतीय राजदूतावास अगाडि धर्ना दिन पुगेका तीन दर्जन मानव अधिकारकर्मी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाज नेपालको अगुवाइमा धर्ना दिन पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका सभापति गङ्गाधर अधिकारी, मानव अधिकारकर्मी होमकान्त चौलागार्इं, कृष्ण कँडेल, अर्जुन पराजुली, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुकृष्ण ढुङ्गेल, पुष्पा केसी, रमेश सिम्खडा, दीपक पुडासैनी, दिवाकर सिलवाललगायत पक्राउ परेका हुन् ।
६७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा समाजले १० दिने विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
यसअन्तर्गत समाजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रह गर्दै लेखिएको पत्रमा हस्ताक्षर सङ्कलन गर्ने कार्य जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण