जनताले दुःख पाइरहेको बेला लज्जास्पद अभिव्यक्ति दिँदै प्रम ओली : महामन्त्री सिंह
काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले “देशमा कालोबजारी र आकासिएको मूल्यवृद्धिले जनताले दुःख पाइरहेको बेला प्रधानमन्त्री भने जनताको दुःखमा मलम लगाउनुको साटो लज्जास्पद अभिव्यक्ति दिँदै बसेका आरोप लगाए ।
नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा गरेको चियापान कार्यक्रममा उनले सरकार जनताप्रति उदासीन भएको कारण कालोबजारी मौलाउँदै गएको बताए । उनले भने, ‘कालोबजारीका कारण जनताले दुःख पाउँदा पनि वर्तमान सरकार सिंहदरबारमा चुप लागेर बसिरहेका छन् ।”
उनले सरकार देशमै उपलब्ध साधनस्रोतको उपयोग गरी जनतालाई राहत दिन असफल भएको पनि बताए ।
उनले आसन्न १३औँ पार्टी महाधिवेशनमा गाउँस्तरबाटै सक्षम नेतृत्व आएमा मात्र केन्द्रीयस्तरमा कार्यकर्ताको मनोभावना बुझ्ने नेतृत्व चयन हुन सक्ने विश्वास व्यक्त गरे । उनले अबको पार्टी नेतृत्व जनता, कार्यकर्ता र देशको भावना बुझेर काम गर्न सक्ने खालको चयन हुनुपर्नेमा पनि जोड दिए । नेविसङ्घले आसन्न महाधिवेशनको सफलताको कामना गर्दै चियापानको आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण