चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
बुधबार, ०३ असार २०८३, २१ : ४८
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार राति ९ बजे सडकमाथिबाट सुख्खा पहिरो खसेपछि उक्त सडक खण्डमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो झर्ने क्रम जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
पहिरो पन्छाउन सम्बन्धित स्थानमा मेसिन परिचालन गरिसकिएको र अवरोध हटाउने कार्य जारी रहेको सडक डिभिजनले जनाएको छ।
डिभिजनले पहिरोका कारण यात्रामा समस्या हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई प्रहरीको निर्देशन पालना गर्न र सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण