इटहरी उपमहानगरको बजेट सत्ताइस करोड
इटहरी –इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि रु २६ करोड ९४ लाख ७८ हजार ६६० को बजेट प्रस्ताव गरेको छ ।
उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाका अनुसार यो बजेट अघिल्लो वर्षको तुलनामा रु चार करोडले कमी हो ।
बजेट सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने वातावरण बन्यो त्यही गतिमा विकासका कार्य जनतासम्म पुग्ने बताए ।
सो अवसरमा सांसद रेवतीरमण भण्डारी, अनिता परियार कल्पना चौधरीलगायतले इटहरी उपमहानगरपालिकाको आवश्यकता धेरै रहेको तथा यो पूर्वी नेपालकै आवागमन, वाणिज्यलगायत क्षेत्रका दृष्टिकोणले केन्द्रबिन्दुका रुपमा रहेकाले यहाँ कम्तीमा पनि ५० शय्याको अस्पताल हुनु जरुरी रहेको औँल्याए ।
कार्यक्रममा उत्कृष्ट करदाताका रुपमा रिजाल टाँसी इण्डष्ट्रिजलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी घोषणा गर्दै विजय कार्कीलाई रु १० हजारसहित सम्मान गरिएको थियो भने दीर्घ सेवी भन्दै सेवा निवृत कर्मचारी रामनारायण चौधरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, यो वर्ष उपमहानगरपालिका क्षेत्रमा उत्कृष्ट विकास निर्माणको काम गरेको कदर स्वरुप इटहरी–४ मा रहेको प्रगतिमार्ग टोल विकास उपभोक्ता समिति र त्यसका अध्यक्ष श्रीप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण