मधेसी मोर्चा, सरकार र अन्य दलसँग माघ ५ गते सहमति हुने विश्वास
काठमाडौँ– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले यही माघ ५ गतेसम्म मधेसी मोर्चासँग सरकार र अन्य दलको सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले मोर्चाले राखेका विभिन्न मागमध्ये धेरै समस्या समाधानको बिन्दुमा पुगेको बताउँदै समस्या समाधानका लागि राजनीतिक संयन्त्रको वैधानिक हैसियत सुनिश्चित गरी आन्दोलनरत दललाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले मधेस आन्दोलनले मुलुकको आन्तरिक राजनीतिमा बाह्य चासो बढाएको, विभिन्न जाति समुदायबीच सामाजिक सद्भाव बिथोलेको तथा राष्ट्रिय अर्थतन्त्रलाई ऋणात्मक बनाएकाले यसलाई जतिसक्दो चाँडो हल गर्नुपर्ने बताए ।
एकीकृत नेकपा९माओवादी०का प्रवक्ता दीनानाथ शर्माले संवैधानिक हैसियत सहितको राजनीतिक संयन्त्र गठन गरी सीमाङ्कनको जिम्मा दिनुपर्ने बताउँदै देशभित्रको समस्या भित्रबाटै खोज्नुपर्नेमा जोड दिए । उनले मधेसका मागलाई सम्मानजनक निकास दिनका लागि सरकार र मधेसी मोर्चा दुवै सकारात्मक भएकाले अब कुरा मिल्ने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सीमाङ्कन गर्दा विज्ञको सुझावलाई आधार मान्नुपर्ने विचार राख्दै विवादित पाँच जिल्लाको कुरा नेताहरुले भन्दा पनि त्यहाँका जनताले भनेका आधारमा गर्नुपर्नेमा जोड दिए । सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले यही माघ ५ गतेसम्म सहमतिमा हस्ताक्षर गर्ने तीन दलको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउँदै निर्धारित समयभित्र समस्या समाधान गर्न सबैको सकारात्मक दबाबको आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण