सहकारीले उत्पादन र औद्योगिकीकरणमा जोड दिनुपर्ने : मन्त्री पाण्डेय
पाल्पा–उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सहकारीले देशको अर्थतन्त्र विकासको लागि ठूलो सहयोग गरेको बताएका छन् ।
रामपुर बचत तथा ऋण सहकारी संस्थाको आज आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री पाण्डेयले देशमा रहेको ३२ हजार ६६५ सहकारीमा ९० हजार जनताले रोजगारी पाएको बताउँदै सात लाख जनता अप्रत्यक्षरुपमा लाभान्वित रहेको उल्लेख गरे ।
उनले देशमा सहकारी राष्ट्रिय नीतिअनुरुप चलेको बताउँदै सहकारी ऐन तत्काल ल्याउन सरकारले प्रयास गरेको छ भने । उनले अहिले भारत सरकारको अघोषित नाकाबन्दी र तराई मधेसको आन्दोलनले गर्दा प्रतिदिन रु दुई अर्ब उद्योगी व्यवसायीले नोक्सान बेहोर्नुपरेको बताए ।
यसैगरी मन्त्री पाण्डेयले आजै रामपुर उद्योग वाणिज्य सङ्घको कार्यालय उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री पाण्डेयले आर्थिक विकासको मेरुदण्ड औद्योगिक क्षेत्र भएको र औद्योगिक विकास बिना आर्थिक विकास नहुने धारणा राखे ।
उनले मुलुकका सात वटा स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्योग मन्त्रालयको नीति भएकोले रामपुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण