६५ तोला ९२ लाल सुनसहित एक महिला पक्राउ
शुक्रबार, ०१ माघ २०७२, ०७ : ५०
पोखरा–पोखरामा अवैध ६५ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट अवैध सुन लिएर बाग्लुङ जाँदै गरेकी बाग्लुङ नगरपालिका–३ की ४० वर्षीया तृष्णा श्रेष्ठ पक्राउ परेकी हुन् । उनको साथबाट प्रहरीले ६५ तोला ९२ लाल सुन बरामद गरेको वडा प्रहरी कार्यालय रामवजारका प्रहरी निरीक्षक वेदप्रसाद जोशीले जानकारी दिएका छन् । वाग्लुङको धौलागिरी चोकमा गणपति सुनचाँदी पसल सञ्चालन गर्दै आएकी श्रेष्ठले अवैध सुन तस्करी गर्दै आएको जोशीले बताए । मकवानपुरबाट काठमाडौंसम्म एक जनाले त्यो सुन ल्याएको खुलेको छ । त्यसपछि काठमाडौंवाट आफूले त्यो सुन लिएर आएको श्रेष्ठले प्रहरी समक्ष बताएको प्रहरीको भनाई छ । प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पोखराको बुद्धचोकबाट बिहीवार नियन्त्रणमा लिएको हो । उनी अहिले वडा प्रहरी कार्यालय रामवजारको हिरासतमा रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण