युनेस्को एसिया र प्रशान्त क्षेत्रीय मुलुकका समूहको अध्यक्षमा नेपाल
काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया तथा प्रशान्त क्षेत्रका मुलुक समूह (एस्पेक) को अध्यक्षता पहिलो पटक नेपालले गर्न पाएको छ ।
सन् १९५३ मा युनेस्कोको सदस्यता लिएयता नेपालले सन् २०१६ वर्षको एसिया प्रशान्त क्षेत्रका मुलुक समूहको अध्यक्षता प्राप्त गरेको फ्रान्सका लागि नेपाली दूतावासले जनाएको छ । एस्पेकको यस वर्षको पहिलो बैठकपछि पेरिसमा आयोजित विशेष समारोहमा युनेस्कोको सो समूहको निवर्तमान अध्यक्ष रहेको चीनका स्थायी प्रतिनिधि/राजदूत झाङ सिक्यिनले युनेस्कोका नेपाल स्थायी प्रतिनिधि÷राजदूत अम्बिकादेवी लुइँटेललाई हस्तान्तरण गरे ।
समारोहमा एस्पेकको अध्यक्षता प्राप्तिपछि राजदूत लुइँटेलले इमान्दारीका साथ नेपालले सबै सदस्यको विश्वास लिएर अघि बढ्ने बताएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनले युनेस्कोको सचिवालय र एस्पेक समूहका सदस्यबीच अझ सहयोग बढाउनुपर्ने बताइएको जनाइएको छ । उनले एस्पेक क्षेत्रीय समूह युनेस्कोका लागि जनसङ्ख्या, प्राकृतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण