सिस्नु हानाहान गरी संक्रान्ति मनाइदैँ
जाजरकोट–यहाँका अधिकांश युवायुवतीहरु सिस्नु खेलेर माघे संक्रान्ति मनाउने गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा विहानै सरसफाई गरिसकेपछि एक ठाउँमा जम्मा भई एकले अर्कालाई सिस्नु हानेर संक्रान्ति मनाउन लागिएको सक्ला १ प्रेमवहादुर खत्रीले जानकारी दिए । साथीभाई र आफ्ना मामाकी छोरी, साल्टिना, साली र भिनाज्यू नाता लाग्नेवीच सिस्नु हानाहान गरिने संस्कार रहेको छ । एक ठाउँमा जमघट भएर सिस्नु खेलिने भएका कारण कहिलेकाहिँ भेट हुने आजको दिनमा एकै ठाउँमा जम्मा भएर सिस्नु खेलिने भएका कारण सवैलाई एकै ठाउँ भेट्न सकिन्छ । सिस्नु खेल्नकै लागि एक गाउँबाट अर्को गाउँमा गएर रमाईलो गर्ने चलन समेत रहेको खगेनकोटका विष्णुखत्रीले बताए । सिस्नु खेल्दा चिसो मौसममा सावधानी अपनाउन अभिवावकहरुले अनुरोध समेत गरेका छन् । ठुलो हुलमा सिस्नु खेल्दा कहिलेकाही संम्वेदनसिल अंगमा चोट लाग्ने भएका कारण ख्याल गर्न अभिवावकले सचेत गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण