कञ्चनपुरमा अझै तीस प्रतिशत बासिन्दा निरक्षर
कञ्चनपुर– कञ्चनपुरमा अझै ३० प्रतिशत बासिन्दा निरक्षर रहेका छन् । जिविस कञ्चनपुरले सङ्कलन गरेको विवरणअनुसार कुल जनसङ्ख्या चार लाख ५० हजारमध्ये ७० दशमलव ७९ प्रतिशत बासिन्दा मात्रै साक्षर रहेका छन् ।
निरक्षरमा अधिकांश १८ वर्षदेखि ६० वर्षमाथिका वृद्धवृद्धा मात्रै रहेका छन् ।
निरक्षर बासिन्दालाई साक्षर गराउन गैसस र जिल्ला शिक्षा कार्यालयमार्फत कार्यक्रम सञ्चालन भइरहेको जिविस, कञ्चनपुरका स्थानीय विकास अधिकारी मोहन पौडेलले बताए । ‘‘निरक्षर बासिन्दालाई अनौपचारिक कक्षामार्फत दुई वर्षभित्रै साक्षर गराउने लक्ष्य लिएका छौँ” उनले भने ।
यसैगरी, शुद्ध खानेपानीमा ८४ प्रतिशत, सिँचाइ सुविधा ७५ दशमलव २९ प्रतिशत, शौचालय प्रयोगमा ७५ प्रतिशत बासिन्दाको पहुँच पुगेको छ । कञ्चनपुर मानव विकास सूचकाङ्कमा ४९औँ स्थानमा रहेको छ ।
यहाँका बासिन्दाको सरदर आयु ६४ दशमलव १ वर्ष रहेको छ । सडक र विद्युत् सेवा जिल्लाका सबै क्षेत्रमा पुगेको जिविसको विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण