सरकारले गुप्सीपाखा दिने निर्णय गरेपछि लाप्राकवासी खुसी
गोरखा– सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर बनाउन पाइने भन्दै खुसी साटेका छन् ।
लाप्राकको पुरानो गाउँ भूकम्प र पहिरोले गर्दा असुरक्षित छ । विसं २०५६ मा गएको पहिरो र वैशाखमा गएको भूकम्पले गाउँको तल्लो भेग चिराचिरा परेको छ । पुरानै लाप्राकमा नयाँ बस्ती विकास गर्न नमिल्ने भूगर्भविद्को भनाइपछि लाप्राकका भूकम्पपीडित सुरक्षित जग्गाको खोजीमा भौँतारिएका थिए ।
छ सय १७ अस्थायी शिविरमा कष्टकर जीवन निर्वाह गर्दै आएका लाप्राकीलाई भूकम्प गएको नौ महिनापछि सरकाले १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको गुप्सीपाखा दिने निर्णय गरेको थियो । गुप्सीपाखामा व्यवस्थित, एकीकृत बस्ती विकास गर्ने सरकारी योजनाको स्वागत गरेको स्थानीय किसान गुरुङले बताए ।
सरकारले लाप्राकीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय गरेको सुनेपछि खुसी हुनुभएका लाप्राकका पूर्व गाविस अध्यक्ष सन्तोष गुरुङले भने– “जग्गा प्राप्त भएलगत्तै स्थायी घर बनाउने कामको सुरुवात गर्नुपर्छ ।” गुप्सीपाखा स्थानीय भूमे सामुदायिक वनको जग्गा हो । गुप्सीपाखामा व्यवस्थित बस्ती विकासको प्रक्रिया अघि बढाउन सहरी विकास र पुनःनिर्माण प्राधिकरणलाई सरकारले यसअघि निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण