बच्चा भएपछि नि उत्साहमय बनाउने यौन जीवनका नयाँ टिप्स
काठमाडौं–एक सन्तान भएपछि कसैले पनि यौनको चाहना सकियो भन्ने ठान्न हुँदैन । कतै बिहे गरेपछि यौन बिनाको दाम्पत्य जीवन बिताउनतर्फ त लाग्नुभएको छैन ? त्यसो होइन्, बरु यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुतर्फ लाग्नुपर्छ । यसका लागि केही उपायहरु यस्ता छन्ः १. सेक्सको महत्व जो कोहीले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्न हुँदैन् । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न श्रीमान–श्रीमतीबीचको आत्मियतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् । २. आत्मीयता श्रीमानको महत्व बच्चा जन्माउने बेलामा महिलाले अझ राम्रोसँग बुझ्छन् । श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । ३. रोमान्टिक कोठा सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ । ४. सचेत बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ । ५. मन प्रसन्न मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचीको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ । ६. रुची सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुनसक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण