ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
शुक्रबार, ०१ माघ २०७२, १० : १८
तनहुँ– तनहुँको अरुणोदय–६ स्थित वक्सनमा ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्लाको दक्षिण भेगमा पर्ने किहुँबाट भीमादतर्फ आउँदै गरेको ग१त २४४९ नंको ट्र्याक्टर अनियन्त्रित भई कच्ची सडकदेखि करिब २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक स्याङ्जा जिल्ला चिलाउनेवास गाविस वडा नं ९ बस्ने २८ वर्षीय राजु भाट क्षेत्री र सहचालक उदयपुर जिल्ला चक्लाघाट नगरपालिका वडा नं १२ बस्ने १९ वर्षीय पुनम नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटना बिहीबार दिउँसो भए पनि दुर्घटना सदरमुकामदेखि टाढा भएका कारण समयमा समाचार प्राप्त गर्न नसकिएको जिप्रकाका प्रहरी नायब निरीक्षक नारायण पौडेलले जानकारी दिए ।
दुवै शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र उनीहरुका आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण