आमिर फर्किएको खेलमा पाकिस्तान विजयी
अकल्याण्ड – स्पट फिक्सिङको आरोपमा ५ वर्ष प्रतिबन्ध खपेर मोहमद आमिर पुनः क्रिकेट मैदानमा फर्किदा पाकिस्तानले न्युजिल्याण्डलाई पहिलो टी–२० सिरिजको पहिलो खेलमा १६ रनले पराजित गरेको छ । जीतका लागि १ सय ७२ रनको लक्ष्य पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५५ रन बनाउन सक्यो । इडन पार्कमा भएको खेलमा टस जितेर न्युजिल्याण्डले पाकिस्तानलाई ब्याटिङको निम्तो दियो । पाकिस्तानका लागि ओपनर मोहमद हाफिजले ४७ बलमा ६१ रनको योगदान दिए । उनले त्यसक्रममा ८ चौका र २ छक्का हिर्काए । त्यस्तै उमार अक्मल र सोहेब मलिकले क्रमशः २४ र २० रन बनाए । कप्तान शाहिद अफ्रिदीले ८ बलमा २३ रन बनाउँदै पाकिस्तानलाई सम्मानजनक स्कोरमा पु¥याए । न्युजिल्याण्डका लागि एडम मिल्नेले ४ विकेट लिए भने मिचेल स्यान्टनरले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डका लागि ओपनर तथा कप्तान केन विलियमसनले ७० रनको योगदान दिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । उनलाई कोलिन मुनरोले ५६ रन बनाउँदै राम्रो साथ दिए । तर, अन्य खेलाडीहरुमा म्याट हेनरी बाहेक कसैले दोहोरो अंकमा रन जोड्न नसकेपछि न्युजिल्याण्ड निर्धारित २० ओभरमा १ सय ५५ रनमा समेटियो । प्रतिबन्धबाट फर्किएका आमिरले एक विकेट लिए भने उमर गुल र शाहिद अफ्रिदीले २–२ विकेट तथा वहाब रिहाजले ३ विकेट लिए । ३ खेलको सिरिजमा पाकिस्तानले १–० ले अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण