गोरु जुधाई हेर्न पुगेका मन्त्रीले जब नेतालाई व्यंग्य गरे !
शुक्रबार, ०१ माघ २०७२, १७ : २३
तारुका (नुवाकोट) -'नुवाकोटले धेरै नेता जन्मायो । तर गोरु जुधाईको रुपमा परिचित नुवाकोटको तारुका आईपुग्दा अचम्म लाग्यो ।' नुवाकोटको तारुकामा माघेसक्रान्तिको अवसरमा आयोजित गोरु जुधाई प्रतियोगितामा सहभागि हुन पुगेका सिंचाईमन्त्री उमेश यादवले व्यंग्यात्मक शैलीमा अगाडि थपे, 'नुवाकोटले जन्माएको नेताले विकासपनि मज्जैले गरेका रहेछन् ।' नुवाकोटले धेरै नेता जन्माएपनि विकासको नाममा भने कुनै काम हुन नसकेको भन्दै उनको व्यंग्य थियो ।
बरु उनले आफूले तारुकोको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मौलिक संस्कृति र पहिचानलाई पनि अघि बढाउन पनि आवश्यक रहेको बताए । उनले तारुकामा सिंचाईको समस्या रहेको आफूले थाहा पाएको भन्दै त्यसका लागि लिफ्ट इसिगेनसन विकल्प हुन सक्ने बताए । उनले भने, 'थोपा सिंचाई योजनाबाट काम अघि बढाउने सक्ने अवस्था रहेको छ । यसका लागि सबै किसिमको सहयोग म गर्न तयार छु ।' उनले तारुका विकासका दृष्टिले पछि भएको भएपनि संस्कृतिका हिसावले निकै अघि रहेको बताउँदै गोरु जुधाई प्रतियोगितालाई पर्यटनसँग जोड्न सकिने समेत बताए ।फरक प्रसंगमा उनले जनताको क्रान्ति बलिदान र समर्पणले देश गणतन्त्रमा प्रवेश गरेको बताउँदै विभिन्न समस्याबीच पनि संविधानको कार्यान्वयन प्रक्रिया अघि बढि बढिसकेको बताए । उनले अहिलेको समस्या उत्पन्न हुनुमा पहाडिया अतिवाद र मधेसी अतिवाद हो भन्दै त्यसकै कारण संविधान कार्यान्वयनमा समस्या परिरहेको औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण