जापानमा पर्यटक बस दुर्घटनामा १४ को मृत्यु
टोकियो-जापानमा शुक्रबार बिहान पर्यटक बस दुर्घटना हुदा त्यसमा रहेका १४ को मृत्यु भएको र अरु ३० जना घाइते भएका छन् । जापानी अधिकारीहरुले दिएको पछिल्लो समाचारमा उक्त दुर्घटनामा परी १४ जनाको ज्यान गएको जनाइएको छ । जापानको नागानो जिल्लामा रहेको एक रिसोर्टतर्फ जान लागेको सो बस बाटोमै दुर्घटनामा परेको बताइएको हो । जापान सरकारका प्रवक्ता एवम् प्रमुख सचिव योसिहिदे सुगाले उक्त दुर्घटनामा परी १४ जना यात्रुको ज्यानगएको र अरु ३० जना नराम्ररी घाइते भएका जानकारी दिनुभयो । सो बसमा ३९ जना यात्रु र दुई सवारी चालक रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सो दुर्घटनाको कारणका बारेमा प्रहरीले अनुुसन्धान सुरु गरेको छ । अनुसन्धानकर्ताहरुले बाटोको अवस्था ठीक रहेको बताएका छन् । जापानमा हुने बस दुर्घटनामध्ये अधिकांशको कारण बाटोमा हिउँ परेकोले चिप्लिएर हुने गरेको भएपनि सो बाटोमा हिउँ नरहेको उनीहरुले जनाएका छन् । प्रहरीले उद्वारको कार्यलाई सशक्त बनाएको जनाएको छ । दुर्घटनास्थलमा प्रहरी र उद्वारकर्ताहरु खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण