विधान संशोधनमा विकल्पसहित प्रस्ताव ल्याउन निर्देशन
शुक्रबार, ०१ माघ २०७२, २३ : ०७
काठमाडौँ, - नेपाली काँग्रेसका शीर्ष नेताले पार्टीको विभिन्न संरचना निर्माण गर्नुभन्दा पहिले आन्तरिक रुपमा विस्तृत छलफल गरी विकल्पसहित प्रस्ताव ल्याउन पार्टीको विधान मस्यौदा समितिलाई आग्रह गरेका छन् ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पार्टी पदाधिकारी र विधान मस्यौदा समितिको आज बसेको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेरमात्रै विधान संशोधन आवश्यक निर्णय लिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो । गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति भने यसअघि नै भएको छ । तर प्रदेश र केन्द्रमा भने कस्तो संरचना बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले बैठकमा केही नेताले सबै तहमा निर्वाचित हुने व्यवस्था गर्दा जायज हुने धारणा राख्नुभएको भए पनि अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा मतैक्य देखिएको बताउनुभयो । तर केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो । राज्यको नयाँ संरचनाअनुसार अब बन्ने प्रदेश राजनीतिको महत्वपूर्ण केन्द्र हुने भन्दै त्यसमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिइएको उहाँको भनाइ छ । सङ्गठन विभाग प्रमुख ढुङ्गाना भने व्यापक छलफल गरेर विभिन्न विकल्पसहितको खाका ल्याउन शीर्ष नेतृत्वले निर्देशन दिएको उल्लेख गर्नुभयो । बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक सबै पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य सहभागी हुनहुन्थ्यो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण