विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण
आइतबार, ०३ माघ २०७२, १२ : ३५
गोरखा-गोरखाको मनकामना दर्शन प्रालिले मकैसिङ, ताक्लुङ गाविस र चितवनको दारेचोक गाविसका विभिन्न विद्यालयमा पढ्दै आएका विपन्न समुदायका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
लक्ष्मणबाबु स्मृति कोषले गणेश प्राविमा पढ्दै आएका ३७ जना, इच्छाकामना प्राविका २८ जना, अमरदीप प्राविका ४१ जनाका साथै तामिन प्राविका ९२ जना विद्यार्थीलाई न्यानो कपडा बाँडेको हो । मनकामना केवलकारका प्रबन्धक तथा लक्ष्मणबाबु स्मृति कोषका सचिव राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई ज्याकेट हस्तान्तरण गर्नुभएको हो । मुग्लिनको सटेप नामक संस्थाका प्रमुख रामबहादुर गुरुङको समन्वयमा चेपाङ तथा दलित बस्तीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोषले बर्सेनि मनकामना केवलकार प्रभावित क्षेत्रका विपन्न, दलित समुदायलाई सहयोग गर्दैआएको छ । ‘विपन्न विद्यार्थीको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दैआएका छौँं’ शनिबार आयोजित राहत वितरण कार्यक्रममा श्रेष्ठले भन्नुभयो, ‘प्रालिका संस्थापक लक्ष्मणबाबुको पहलमा मुग्लिनमा पाँच करोड लगानीमा भवन निर्माण भयो ।’ भारतीय दूतावासले विद्यालय भवन निर्माण गरिदिएको हो । केवलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठको निधन भइसकेको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण