राजस्व सङ्कलनमा वृद्धि
पर्सा–वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले पुस महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले रु एक अर्ब ७० करोड १५ लाख १३ हजार सङ्कलन गर्न सफल भएको छ ।
पुस महिनामा कार्यालयले लक्ष्य भन्दा रु २६ करोड ९६ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको छ । साउनदेखि मङ्सिरसम्म आन्दोलनको कारण ढुवानी हुन नसक्दा राजस्वको लक्ष्य हासिल गर्न सकिएको थिएन । कात्तिकदेखि प्रहरी सुरक्षामा मालबस्तु ढुवानी हुन थालेपछि लक्ष्य भन्दा बढी राजस्व सङ्कलन भएको निमित्त भन्सार प्रमुख विष्णु ओलीले जानकारी दिए ।
आन्दोलनका कारण सुख्खा बन्दरगाहबाट ढुवानीमा समस्या भएपछि चालु आवको मङ्सिरमा १५ प्रतिशत, कात्तिकमा २३ तथा असोजमा लक्ष्यको सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । यस्तै सिर्सिया सुख्खा बन्दरगाहाबाट दुई महिनाको अवधिमा १५ हजार ट्रक मालसामान विभिन्न गन्तव्यमा पठाइएको छ । स्कर्टिङ गरेर मालसामान विभिन्न गन्तव्यमा पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण