जगदम्बा सिमेन्टको सद्भाव छात्रवृत्ति जिल्ला जिल्लामा
सोमबार, ०४ माघ २०७२, १२ : २६
काठमाडौं– जगदम्बा सिमेन्टले आफ्नो बृहत संजाल मार्फत नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म आफ्नो गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।
उत्पादन देखि उपभोग सम्म हरेक चरणमा गुणस्तरलाई कायम राख्न सफल यस उद्योगले आफुलाई सिमेन्टको विक्री वितरणमा मात्र सिमित नराखी आफ्ना ग्राहक तथा उपभोक्तहरुलाई जागरुक बनाउने उद्देश्यले जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा योगदान, जगदम्बा सिमेन्ट प्रयोग विधी जस्ता उपभोक्ता केन्द्रीत कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
आफूलाई व्यवसायमा मात्र सिमित नराखी समाज प्रति पनि उत्तरदाही रहँदै विभिन्न क्षेत्र जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।
हिमालयन कलाइमेट इनिएटिभ संगको सहकार्यमा जगदम्बा सिमेन्टले दोलखा जिल्लाको चरिकोटमा २५ जना विद्यार्थीहरुलाई, यही पौष २९ गते सद्भाव छात्रवृति प्रदान गरेको छ ।
यस छात्रवृत्ति अन्तर्गत जगदम्बा सिमेन्टले त्रिशुली, गोरखा, लगायत सिन्धुपाल्चोक जिल्लामा ७५ भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरी सकेको छ ।
उक्त कार्यक्रम दोलखाको कालिञ्चोक मा.वि. मा आयोजना भएको थियो । विभिन्न विद्यालयबाट उपस्थिति शिक्षक तथा विद्यार्थीवर्गले छात्रवृत्तिले पार्ने भूमिका र महत्वको बारेमा चर्चा गर्नु भयो भने, जगदम्बा सिमेन्टका ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले सद्भाव छात्रवृतिले विद्यार्थी वर्गमा उत्साह प्रदान गरेको हुँदा यस्ता छात्रवृति तथा अन्य सामाजिक कार्यक्रमहरु गर्दै जान प्रेरीत भएको महशुस गरे ।
उक्त कार्यक्रममा कालिञ्चोक मा. वि. का प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकार साथीहरु, जगदम्बा सिमेन्टका डिलर वर्ग, गुरुवर्ग लगायत विद्यार्थीहरुले आफ्नो अभिमत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण