शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एमाले निकटका वकिलहरु द्वन्द्वकालका मुद्दा व्यूत्याउन सक्रियः शर्मा

सोमबार, ०४ माघ २०७२, १२ : ३४
सोमबार, ०४ माघ २०७२

जाजरकोट – द्वन्द्वकालका मुद्धाहरु सक्रिय वनाउन एमाले निकटका वकिलहरु लागेको एकीकृत माओवादीका स्थायी समितिका सदस्या जर्नादन शर्माले आरोप लगाएका छन् । सत्य निरोपन तथा मेलमिलाप आयोग मार्फत सम्वोधन हुने मुद्धाहरु भकाभक व्यूत्याएर नेकपा एमाले निकटमा वकिलहरुले राम्रो नगरेको उनको भनाई छ । यो विषयमा सरकार संग गम्भिरखालको छलफल हुने शर्माको भनाई छ । सरकारका ८ मन्त्रीको कार्यशैली सन्तुष्ट नभएको समेत आरोप उनले लगाए । यद्यपी ति मन्त्री कुन कुन हुन् भन्नेबारे भने उनले केहि खुलाएनन् । यस्तै उनले सरकारले जनतालाई राहत र सुविधा दिने समयमा मन्त्रालय फुटाएर आर्थीक वोझ बोकाउने काम भएको भन्दै सरकारसंग अव छिटै व्यापक छलफल हुने र नसुधिएरमा कडा कदम चालीने दाबी गरे । क्रातिकारी पत्रकार संघ जाजरकोटले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले यस्तो वताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप