शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरमा मिर्गौला रोगको निशुल्क डायलाइसिस सेवा सुरु

मङ्गलबार, ०५ माघ २०७२, १३ : ०७
मङ्गलबार, ०५ माघ २०७२
काठमाडौँ- राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, काठमाडौँले विराटनगरमा मृगौलाका विरामीका लागि डायलासिस सेवा सुरु गरेको छ। विराटनगरको रामलाल आँखा अस्पतालको हाताभित्र रोटरी क्लबले निर्माण गरेको मृगौला डायलासिस भवनमा सोमबारबाट सेवा सुरु भएको हो। केन्द्रले डायलासिस सेवाको पूर्वसन्ध्यामा आईतबार एक दिने निःशुल्क मृगौला परीक्षण शिविरमा एक सयभन्दा बढीले परीक्षण गरेको बताएको छ । केन्द्रका कार्यकारी निर्देशक तथा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्ले ले भने, ' हामीले आजबाट डायलासिस सेवा नियमति रुपमा सञ्चालनमा ल्याएका छौं, यस युनिटबाट हामीले विशेष प्राथमिकता विपन्न परिवारलाई राहत पुगोस् भन्ने सोचका साथ सेवा सुरु गरेका हौं ।' सरकारले दुई वर्षदेखि विपन्न परिवारलाई डायलासिस सेवा निःशुल्क दिँदै आएकोमा, केन्द्रले त्यसै उद्देश्यले विराटनगरमा युनिट स्थापना गरेको बताएको छ । रोटरी क्लबले भवन र डायलासिसका सम्पूर्ण उपकरण खरिद गरेको हो । क्लबले केन्द्र नाफा नकमाउने उद्देश्यले स्थापना गरेको र गुणस्तरिय सेवा सुविधा प्रदान गर्ने काफ्लेले बताए । डायलासिस केन्द्रमा विपन्न , ७५ वर्ष नाघेका र लोपोन्मुख जातिलाई निःशुल्क सेवा उपलब्ध हुने छ । दैनिक १५ जनालाई सेवा उपलब्ध गराईने बताएको छ । हामीले अति नै सस्तो मूल्यमा गुणस्तरिय डायलासिस सेवा प्रदान गर्ने छौं काफ्लले बताए । यहाँ पाँचवटा मेसिनबाट दैनिक १५ जनाले डायलासिसको सेवा लिन सक्ने छन् । केन्द्रले डायलासिस सेवामा प्रयोग गर्ने अत्याधुनिक जर्मन प्रविधि भएकाले उच्चस्तरिय सेवा हुने बताएको छ । आवश्यक्ता अनुसार थप मेशिनहरु पनि संचालन गर्ने उदेश्य रहेको केन्द्रका व्यवस्थापक विमल बरालले जानकारी दिए । हेपटाइटिस र एचआईभी संक्रमित विरामीका लागि पनि छुट्टै निःशुल्क डायलासिस सेवा प्रदान गर्ने बरालले बताए । केन्द्रले ललितपुरको सुमेरु अस्पताल, तनहुँको दमौली अस्पताल र चितवनको रत्ननगर अस्पतालमा यो सेवा विस्तार गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप