शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

विद्युत्को व्यवस्था नहुँदा हात्ती धपाउन गाह्रो

मङ्गलबार, ०५ माघ २०७२, १४ : ४०
मङ्गलबार, ०५ माघ २०७२

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका–३ वडुवाल टोलमा विद्युत्को व्यवस्था नहुँदा जङ्गली हात्ती धपाउन स्थानीय बासिन्दालाई गाह्रो परेको छ ।

जङ्गली हात्ती उज्यालो देख्नेबित्तिकै तर्सिएर भाग्ने भए पनि विद्युत्को व्यवस्था नहुँदा हात्ती धपाउनका गाह्रो परेको हो । बस्तीमा छिर्ने हात्ती धपाउनका लागि रातभर आगो बालेर जाग्राम बस्नुपरेको स्थानीयवासी महावीर क्षेत्रीले बताए । हाल हात्तीको ठूलो झुण्ड बस्तीमा नआउने भए पनि एक÷दुईको सङ्ख्यामा बस्तीमा छिर्ने हात्तीले खेतबारीमा लगाइएको गहुँ, केरा र उखुमा नोक्सानी पु¥याउँदै आएको छ । “साँझ परेपछि सबै जना टोलमा भेला भएर आगो बालेर हात्ती भगाउँदै आएका छौँ”¬–उनले भने, “विद्युत्को व्यवस्था भए हात्ती भगाउन सहज हुन्छ, यसका लागि पहल गरिदिनुपर्छ ।”

केही दिनअघि मात्रै एक गैरसरकारी संस्थाले हात्ती भगाउनका लागि साइरन, सोलार र सर्च लाइट उपलब्ध गराएकाले केही सहजता भएको उनको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप