यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेष्टरको परीक्षा प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सार्वजनिक भएको छ ।
- परीक्षा सुरु भएको ६ मिनेटमै प्रश्नपत्र बाहिरिएको र १२ बजेर २ मिनेटमा ह्वाट्सएपमा पुगेको प्रमाण छ ।
- त्रिवि व्यवस्थापन सङ्कायले घटनाको निष्पक्ष छानबिन हुने बताएको छ भने प्राध्यापक र विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामाथि छानबिन गर्न सम्बद्ध निकायहरूले माग गरेका छन् । प्राध्यापक र विद्यार्थीहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् ।
त्रिविले सञ्चालन गरेको एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सार्वजनिक भएपछि त्रिविको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको हो ।
सरोकारवालाहरूले परीक्षा सुरु भएकै बेला प्रश्नपत्र सार्वजनिक हुनुले त्रिविको परीक्षा प्रणालीमाथि प्रश्न उठेको हो ।
सरोकारवालाहरूले यथाशीघ्र छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
बिहीबार मास्टर अफ विज्नेस स्टडिज विषयको प्रथम सेमेष्टरको परीक्षा १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । रातोपाटीलाई प्राप्त प्रमाण अनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमा बाहिरिएको देखिन्छ । परीक्षा केन्द्रमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण हुन्छ । प्रश्नपत्र वितरण हुने बित्तिकै प्रश्नपत्र आउट भएको बाहिरिएको देखिन्छ ।
१२ बजेर २ मिनेटमा प्रश्नपत्र छ्यापछ्याप्ती ह्वाट्सएपमा जान्छ । त्यसपछि प्रश्नको समाधान पठाइएको देखिन्छ । तर, कसले प्रश्नपत्र ह्वाट्सएपमा पठाएको खुलेको छैन।
गार्ड, परीक्षार्थी, निरीक्षक वा पहिले नै कुनै अधिकारीले सार्वजनिक गरेको निश्चित खुलेको छैन। यस विषयमा त्रिविको व्यवस्थापन सङ्कायले छानबिन गर्ने प्रतिक्रिया दिएको छ। यसैबिच प्राध्यापकहरूले समेत घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएकाे हाे भनेर सम्बन्धित निकायले ठोस जवाफ दिन सकेको छैन । त्रिवि व्यवस्थापन सङ्कायले भने यस घटनाको निष्पक्ष छानबिन हुने बताएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण