शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वीरगञ्जमा प्रहरी असईको मृत्यु

मङ्गलबार, ०५ माघ २०७२, १५ : ५७
मङ्गलबार, ०५ माघ २०७२

वीरगञ्ज– रातिको समयमा गस्ती गर्न निस्किएका बेला पर्सामा एक प्रहरी सहायक निरिक्षक (असई) को मृत्यु भएको छ । पर्साको प्रहरी चौकी धोरेमा दरबन्दी भइ बहुअर्वाभाठा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक राजेन्द्र प्रसाद कुर्मीको गएराति डयुटिमै खटिएकै बेला मृत्यु भएको हो । कुर्मीको हृदयघातका कारण मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले बताएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सर्लाही मुल घर भएका ४६ वर्षिय कुर्मी रौतहटको गौरमा सपरिवार बस्दै आएका थिए । गएराति १० बजे तिर प्रहरी चौकीबाट गाँउमा गस्ती गर्न निस्किएका बेला अचानक हृदयघात भएर बेहोश भएका प्रहरी सहायक निरिक्षक कुर्मीलाइ उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक कुर्मीको शव नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान पोष्टमार्टम गरि दाहसंस्कारका लागि गौर पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप