शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टिभिएस मोटर कम्पनीको १० औँ सोरुम रविभवनमा

मङ्गलबार, ०५ माघ २०७२, १६ : ५६
मङ्गलबार, ०५ माघ २०७२
काठमाडौं–१९७९ मा स्थापना भई आफ्नो अधिनमा ३० भन्दा बढि कम्पनीको साथ संचालित शंकर ग्रुप, ६० करोड डलरको बार्षिक कारोबार गर्न सफल कम्पनी हो । शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईलस्, खाद्ध पदार्थ, प्याकेजिङ्ग, इलेक्ट्रोनिक्स र अटोमोबिलको उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पु¥याउने उद्धेश्यको साथ जगदम्बा मोटर्स मार्फत कार्य संचालन सुरु गरेको हो । टि भि एस् मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टि भि एस् मोटर कम्पनीको वाषर््िाक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रे सवारीसाधन रहेको छ । नेपालभरी आफ्नो डिलरसिपको संख्या ५२ पु¥याउँदै माघ ५ गते जगदम्बा मोटर्सले नेपालका लागि टि भि एस् मोटर कम्पनीको एकल वितरकको रुपमा रविभवनमा काठमाडौँको १० औँ अत्याधुनिक सोरुमको उत्घाटन गरेको छ । टि भि एस् मोटर कम्पनीको अन्तराष्ट्रिय बजार व्यवस्थापन प्रबन्धक आशिष औरो चौधरी र जगदम्बा मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले पत्रकारहरुको माझ सोरुमको आधिकारिक उत्घाटन गरे । रविभवन सोरुममा नेपालमा विक्रि थालनी गरिएको टि भि एसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० सि सि, जुपिटर, विगो, जेस्ट, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० उपलब्ध छन् । उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा मार्फत नेपाली मोटरबाइक पारखीमा उत्साह थप्ने विश्वास लिएको छ । साथै कम्पनीले काठमाडौँको नक्साल र टेकुमा अत्याधुनिक सुबिधासम्पन्न सर्भिस सेन्टरबाट सेवा सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप