स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग
काठमाडौँ–स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग ९एसडिसी०मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो ।
अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत अर्स हेरेन र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरे । सीप विकास तालिम, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, औद्योगिक प्रतिष्ठानहरुको सम्बन्ध, व्यावसायिक शिक्षालगायत सीप विकासका कार्यक्रममा अनुदान रकम खर्च गरिनेछ ।
खाद्य सुरक्षा, सामाजिक समावेशीता, महिला नेतृत्वमा सञ्चालित कृषि फार्म, पिछडिएका वर्गलाई उच्च प्राथमिकता दिँदै रामेछाप, ओखलढुङ्गा, खोटाङ, अछाम, कालीकोट, जाजरकोट, दैलेख, सिन्धुली र उदयपुरमा ती परियोजना सञ्चालन हुनेछन् । त्यस अवसरमा नेपालको सामाजिक–आर्थिक विकासमा लामो समयदेखि स्विस सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति सचिव रेग्मीले आभार प्रकट गरे ।
राजदूत हेरेनले पिछडिएका वर्गको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने आयआर्जनका कार्यक्रमलाई आफ्नो सरकारले उच्च प्राथमिकता दिएको र नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण