दरभाउ नमिल्दा खाद्यान्न ढुवानी ठप्प
जाजरकोट – ठेकेदार र नेपाल खाद्य संस्थान वीच दरभाउ नमिल्दा जाजरकोटमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । भाद्र महिनामै टेन्डर स्वीकृती भई जिल्लाको बारेकोट क्षेत्रका लागी खाद्यान्न ढुवानी गरिनुपर्ने भएपनि दरभाउमा कुरा नमिल्दा अहिले सम्म खाद्यान्न ढुवानी रोकिएको छ । जिल्लाका अन्य तीन ठाउँमा ठेक्का स्वीकृती भई खाद्यान्न ढुवानीको चरणमा पुगेपनि बारेकोटको घाट डिपोमा भने दरभाउ नमिल्दा अहिले सम्म खाद्यान्न ढुवानी रोकिएको हो । बारेकोट क्षेत्रका ४ वटा गाविसका लागी भन्दै १ हजार क्वीन्टल चामल ढुवानी ठेक्का मार्फत हुने गर्दछ । यो क्षेत्र जिल्लाको सवै भन्दा दुर्गम पनि हो । खाद्य संस्थानले प्रति क्वीन्टल १७ सयमा खाद्यान्न ढुवानी गर्न दरभाउ तोकेको छ भने ठेकेदारले प्रतिक्वीन्टल अन्तिम रेट भन्दै १८ सय ९९ सम्ममा ढुवानी गर्न सक्ने भनेपछि कुरा नमिलेको नेपाल खाद्य संस्थान जाजरकोट शाखाले वताएको छ । खाद्य संथान जाजरकोट शाखाले ४ सय मौजदात चामल १७ मै विना टेन्डर केही गत भाद्रमा वोकाएको थियो । अव वाँकी ६ सय क्वीन्टल चामल ठेक्का स्वीकृत नहुँदा ढुवानी रोकिएको हो । दरभाउ मिलाएर घाट डिपोमा तत्काल चामल ढुवानीको व्यवस्था मिलाउन केन्द्र नेपाल खाद्य संस्थान केन्द्रिय कार्यालयलाई अनुरोध गरिएको सहायक प्रमूख जिल्ला अधिकारी शिवराज सेडाईले जानकारी दिए । बारेकोटको घाट डिपोमा खच्चड मार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने वाध्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण