गोल्डेन आइडलको पोखरामा सुपर मेघा अडिसन
पोखरा – देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी दिए । आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीले बुधबार एक बिज्ञाप्ती जारी गर्दै सुपर मेगा अडिसनको राउन्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ । यो राउण्डमा ४३ जिल्लाका करिब चालिस हजार भन्दाबढी प्रतियोगीबाट छानिएको प्रत्येक जिल्लाका उत्कृष्ट १० प्रतियोगी बिच स्पर्धा हुनेछ । यस अडिसनमा छानिन सफल प्रतियोगीले मात्र आगामी चैत्र २७ गते आयोजना हुने ग्रान्ड फिनाले अर्थात अन्तिम स्पर्धामा सहभागीता जनाउन पाउने छन् । गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने प्रतियोगीताको मुख्य उदेश्य रहेको छ । २०७० मा पोखराको पन्थी गल्ली(सर्वेश्वर मार्गमा)रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालीले सुरु गरेको यो प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट प्लसबाट ‘गोल्डेन आइडल’ नामबाट प्रसारीत ह“ुदै आएको छ । जुनै उमेरका उत्साही युवा युवतीले सहभागीता जनाउन पाउने प्रतियोगीताको कार्यक्रम निर्देशक रेनुका गुरुङ ,कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेलले गरिरहेका छन् । ‘गोल्डेन आइडल’ कार्यक्रम नेपाल टेलिभिजन प्लसको उत्कृष्ट कार्यक्रम मध्यको एक पनि हो । शोभा खनाल र रोहन जङ्ग कार्की गोल्डेन आइडलमा प्रथम बिजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण