मधेसको समस्या नेपालको आन्तरिक समस्या मात्र होइन : आरजेडी नेता
विहार – भारतको राष्ट्रिय जनता दलका शीर्ष नेता रघुवंश प्रसाद सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका लागि टुरिस्ट मात्र बनेको र जनता दुःखमा हुँदा बेवास्ता गरेको आरोप लगाएका छन् । लालु प्रसाद यादव नेतृत्वको पार्टीका नेता सिंहले विहारको मुजफरपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुुरा बताएका हुन् । कार्यक्रममा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादव र जंगीलाल यादव पनि उपस्थित रहेका थिए । उनले भने, ‘पशुपतिनाथमा पूजा गर्नका लागि पुग्ने मोदीलाई अहिले के भयो ? आफ्नो छिमेकीलाई दुःख पर्दा कहाँ छन् उनी ? मोदी त टुरिस्ट मात्र बनेका छन् ।’ नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलेको भन्दै उनले सरकारको विदेश नीतिमाथि प्रश्न समेत उठाए । सिंहले छिमेकीसँग राम्रो सम्बन्ध नबनाइ अन्य देशसँग राम्रो सम्बन्ध राख्न नसकिने जिकिर गरे । त्यस्तै, उनले जारी मधेस आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नरहेको बताउँदै हाम्रा आफन्तहरु मधेसमा मारिँदा चुप लागेर बस्न नसकिने बताए । उनले नेपाल सरकारलाई मधेस आन्दोलनमा दमन नगर्न आग्रह समेत गर्दै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे । बिहारका नेताहरुको समर्थन जुटाउन यतिबेला मोर्चाका शीर्ष नेता बिहार भ्रमणमा रहेका छन् । उनीहरुले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । भारतको केन्द्र सरकारले नाकाबन्दी फिर्ता लिन मोर्चाका नेताहरुलाई दबाब दिएपछि उनीहरु बिहार भ्रमणमा निस्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण