आन्दोलनको औँचित्य छैनः निधि
शनिबार, २३ माघ २०७२, १३ : ३१
जनकपुरधाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नं ३ का सांसद विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य समाप्त भएको बताएका छन् ।
नेता निधिले मधेस केन्द्रित दलको प्रमुख मागअनुसार जनकपुर मधेस प्रदेशमै आइसकेकाले मधेस प्रदेशमा आउन नसकेका भूभागका लागि आन्दोलन गर्न मोर्चा पक्षधरलाई सुझाउ दिए । मधेसमा दुई प्रदेशको प्रस्तावमाथि पूर्ण समर्थन रहेको भन्दै उनले भने, “सो कुरामा सहमति जुट्न सक्छ ।”
अहिले प्रदेश नं २ का अधिकांश जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको र पार्टीको आन्तरिक कारणबाट स्थगित जिल्लामा समेत धमाधम अधिवेशन सम्पन्न भइरहेको उनले बताए । उनले ‘लोकतन्त्रमा कुनै दलद्वारा अन्य दलको कार्यक्रममा अवरोध गर्नु राजनीतिक संस्कार होइन’ भने । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण