तातोपानीको नयाँ मुहान भेटियो
शनिबार, २३ माघ २०७२, १३ : ३५
म्याग्दी– बेनी नगरपालिका–१३ मा थप दुई वटा प्राकृतिक तातोपानीको मुहान भेटिएको छ ।
तल्लो र उपल्लो तातोपानी बजारको बीच भाग र उपल्लो तातोपानी बजार क्षेत्रभन्दा तल म्याग्दी नदीको किनारमा नयाँ तातोपानीका मुहान फेला परेको हो । म्याग्दी नदीको कटान, धार परिवर्तन र गहिराईसँगै फरक–फरक विशेषता र तापक्रम भएका पानीका मुहान भेटिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।
“प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानी कुण्ड र त्यसको नजिकै अर्को नुनिलो तातोपानीको मुहान थियो”–अध्यक्ष शाक्यले भने, “भूकम्प, नदी गहिरिनु र धार परिवर्तन भएपछि त्यहाँ माथि यसपाली थप दुई वटा मुहान भेटिएको छ ।”
विसं २०५६ देखि प्राकृतिक तातोपानी कुण्डको संरक्षण र व्यवस्थापन गर्दै आएको समितिले नयाँ मुहानको पनि संरक्षण गरी वैकल्पिक कुण्ड तथा स्नानगृह स्थापना गर्ने तयारी गरेको छ ।
हाल रहेको तातोपानी कुण्डमा बिरामीको चाप हुँदा नयाँ तलाउमा स्नान गर्ने व्यवस्था मिलाउने समितिको योजना छ । व्यवस्थित र संरक्षण गर्न सकेमा सो स्थान जाडोयाममा तातोपानीमा स्नान गर्नेका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने सम्भावना छ । पूरानो मुहानभन्दा केही चिसो पानी निस्कने नयाँ मुलको पानीलाई स्नानस्थलको रुपमा प्रयोग गर्ने योजना बनाएको अध्यक्ष शाक्यले बताए ।
उनका अनुसार नयाँ भेटिएका तातोपानीका मुहानलाई व्यवस्थित गर्न लागिएको छ । जमिनभित्रबाट बिरे नुनको गन्धसहित ५० डिग्री तापक्रमको पानी सङ्कलन गरिएको उहाँको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रिक, गानोगोलालगायत विभिन्न रोगका वार्षिक २० हजार बिरामी आउने गरेका छन् । बेनी नगरपालिका–१३ को साथै म्याग्दीको मुदी ९ बगर, दग्नाम दर्मीजा, भुरुङतातोपानी र शिख–९ मा प्राकृतिक तातोपानीका मुहान रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण