अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी
शनिबार, २३ माघ २०७२, १३ : ४१
काठमाडौँ– अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ ।
न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ ।
उक्त प्रणाली नेपालको पश्चिमी र दक्षिण पश्चिमी भेगबाट गए राति प्रवेश गरेका कारण नेपालको आकाश बादलले ढाकेको मौसमविद् सुवास रिमालले बताए ।
“राति नेपाल प्रवेश गरेको प्रणालीले मुलुकभर बद्ली भएको छ, यो प्रणाली आज बेलुकाबाट हटेपनि पुनः मध्यरातबाट अर्को प्रणाली (पश्चिमी न्यूनचापीय क्षेत्रको विकासबाट बन्ने) आउँदैछ । पश्चिमी क्षेत्रमा आइतबार अपराह्नपछि वर्षा हुनेछ”–उनले भने ।
सोही प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात हुने र सोमबारदेखिमात्र मौसममा सुधार आउनेछ । पश्चिमी न्यूनचापीय प्रणाली बढी शक्तिशाली र सक्रिय भएमात्रै काठमाडौँ उपत्यकामा असर पर्ने नत्र सामान्य रहने मौसमविद् रिमालले उल्लेख गरे ।
उपत्यकासहित देशभर बद्लीसँगै न्यूनतम तापक्रम बढे पनि घाम नलागेका कारण आज बढी चिसो महसुस गरिएको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २१ डिग्रीसेल्सियस रहेपनि एक दुई दिन बद्ली रहने भएकाले अझै न्यूनतम तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण